डिप्रोक्स लघुवित्तले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाको सल्यानस्थित फारुला शाखा कार्यालयले सोही ठाउँको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा हिरा बुढाथोकीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृत्तिबाट लाभान्वित विद्यार्थीको अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने बताइएको छ । शिक्षा क्षेत्रमा गरिएको यस्ता योगदानले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने संस्थाको विश्वास छ । साथै, संस्थाले आगामी दिनमा पनि शिक्षा, सामाजिक सशक्तीकरण र दिगो विकासका क्षेत्रमा यस्ता कार्यक्रम निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।