निर्वाचन एकैचरणमा गर्न सरकारलाई प्रचण्डको सुझाव

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन एकैचरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्।

विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचन शान्ति र स्थिरताका लागि अपरिहार्य रहेको भन्दै प्रचण्डले एकैचरणमा गर्न सरकारलाई सुझाव दिएका हुन्।

बुधबार मुस्ताङ पुगेर प्रचण्डले चुनाव हुने/नहुनेमा केही व्यक्ति अझै अलमलमा रहेकाे उल्लेख गर्दै भने, ‘एकथरी मान्छेहरू चुनाव हुन्छ कि हुँदैन भन्ने कन्फ्युजनमा छन्। चुनाव हुन्छ, हुनैपर्छ।’

निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न भए नेकपा एक नम्बर बन्ने सम्भावना रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘सोसल मिडियामा हाहा र हुहु गर्दै हुने होइन। जनताले बुझिसके यो राष्ट्रलाई एकताबद्ध गर्न सक्ने, तराई-मधेश-पहाड-हिमाल सबैलाई जोड्न सक्ने नेकपा मात्रै हो।’

असाधारण परिस्थितिमा हुन लागेको यो निर्वाचन आफैँमा असाधारण रहेको भन्दै प्रचण्डले सरकारलाई चुनाव फागुन २१ मै गर्न सुझाव दिए। ‘चुनाव फागुन २१ मा नै हुन्छ । म सरकारलाई के सुझाव राख्न चाहन्छु भने चुनाव एकैचरणमा गरियोस्।’

See More On

सुझावित समाचार