प्रभु बैंकको आगामी चारवर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा २५ वर्ष लामो अनुभव भएका शर्मा अनुभवी र कुशल बैंकरको रूपमा चिनिँदै आएका छन्। मंगलबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदै सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका शर्मा निवर्तमान सिइओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि बैंकको सिइओमा नियुक्त भएका हुन्।