प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष प्रणालीअन्तर्गत ३९ लाख ९८ हजार मतपत्र छपाइ सकिएको छ। जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र यसअघि नै छापिइसकेका छन्। साथै, मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० नमुना मतपत्र पनि तयार भइसकेका छन्।
प्रत्यक्षतर्फ हालसम्म ३० जिल्लाको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएपछि ती सामग्री सम्बन्धित मतदान केन्द्रमा पठाइनेछ।