हिमपातले बाजुराको जनजीवन प्रभावित, किसान उत्साही

बुधबार, १५ माघ, २०८२
डिजिटल संस्करण

बाजुराका उच्च भेगमा पुनः हिमपात भएको छ। सदरमुकाम मार्तडीका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भइरहेको छ।

त्रिवेणी नगरपालिका, गौमूल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका, खप्तड छेडेदहलगायत ठाउँका उच्च भेगमा हिमपात जारी छ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्ग बढी प्रभावित भएको बुढीनन्दा नगरपालिका– ९ का स्थानीय कुलबहादुर भोटेले बताए।

हिमपातले गहुँलगायत हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानले भने राहत महसुस गरिरहेका छन्। यसले बाली सप्रिने आशा बढाएको छ। पाँच महिनायता लगातार सुक्खा भएपछि गहुँ बाली सुक्न थालेको थियो। हिमपातसँगै भारी वर्षाले राहत दिएको बडिमालिका नगरपालिका– १ का वडाध्यक्ष डम्मर महतले बताए।

अध्यधिक हिमपातपछि मार्तडी–कोल्टी सडकखण्डमा सञ्चालन हुने छाेटाे तथा लामाे दूरीका यातायातका साधनसमेत बन्द भएका छन्।

See More On

सुझावित समाचार