नेपाली सेनालाई एक अर्ब ९४ करोड चुनावी बजेट

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

आसन्न निर्वाचनमा नेपाली सेनाले एक अर्ब ९४ करोड रुपैयाँ बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले सेनाका लागि बजेटको सुनिश्चितता दिएको हो।  त्यसमध्ये एक अर्ब ९४ करोड चालू र बाँकी चार करोड रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको हो। नेपाली सेनाले निर्वाचनका लागि तीन अर्ब ५२ करोड रुपैयाँ बजेट माग गरेको थियो।

एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना निर्वाचनमा प्रहरीको सहयोगीको रूपमा खटिनेछ । निर्वाचनको तेस्रो घेरामा रहेर सेनाले निर्वाचनमा सघाउनेछ । हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर सेनालाई परिचालन गर्न लागिएको छ। साथै निर्वाचनको समयमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी पनि सेनालाई दिने तयारी छ । निर्वाचनको ठिक एक महिनाअघि अर्थात् २१ माघदेखि सेनालाई नियमित गस्तीमा खटाउने सुरक्षा योजनामा उल्लेख छ। 

निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई आठ अर्ब ६६ करोड, सशस्त्र प्रहरी बललाई एक अर्ब ४६ करोड तथा राष्ट्रिय अनुसन्धान विभागलाई पाँच करोड ८५ लाख बजेटको सुनिश्चितता दिइएको छ। 

सुझावित समाचार