काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक डाकेका छन्।आज मध्याह्न १२:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न कार्यसूचीमाथि छलफल हुने अपेक्षा गरिएको छ। बैठकका एजेन्डाबारे भने औपचारिक जानकारी आउन बाँकी छ।