सरकारले ४ माघदेखि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ४ गते बिहान ११ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने गरी अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
जेन–जी आन्दोलनपछि सरकारको सिफारिसमा राष्ट्रपतिले भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए। चार महिनापछि राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस भएको हो।