सन् १९९० : २७ वर्ष लामो जेल जीवनपछि आजकै दिन दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेदविरोधी नेता नेल्सन मन्डेला रिहा भए । नेता मन्डेलाको रिहाइ दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा संक्रमणकालीन समय थियो । रिहाइलगत्तै मन्डेलाले तत्कालीन राष्ट्रपति एफडब्लु डी क्लर्कसँग वार्ता गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकामा रंगका आधारमा हुने विभेद अन्त्य भएको घोषणा गरिएको थियो ।
सन् १९४२ : जर्मन तानासाह एडोल्फ हिटलरले दोस्रो विश्वयुद्धका क्रममा उत्तर अफ्रिकामा जारी मित्रशक्ति इटलीको युद्ध अभियानलाई सघाउन आफ्नो सेनालाई निर्देशन दिए ।
सन् १९७५ : मार्गरेट थ्याचर ब्रिटिस कन्जर्भेटिभ पार्टीको पहिलो महिला नेतृ बनिन् । थ्याचरले सन् १९७९ मा भएको आमनिर्वाचनमा विजयी भएपछि बेलायतकी प्रधानमन्त्री बनिन् । उनी युरोपकै पहिलो महिला प्रधानमन्त्री हुन् ।
सन् १९७९ : आयोतोल्लाह खमेनीले इरानमा शक्ति नियन्त्रणमा लिए । फ्रान्सको निर्वासनबाट भव्य स्वागतका साथ स्वदेश फर्किएको केही दिनपछि इरानी सेनाले आत्मसमर्पण गरेको थियो ।
सन् १९८९ : विश्वका १४० देशले रासायनिक हतियार प्रतिबन्ध लगाउने विषयमा सहमति जनाए ।
सन् १९९१ : अमेरिकी कंग्रेसले इराकमाथि आक्रमण घोषणा गर्ने अधिकार राष्ट्रपतिलाई प्रदान गर्यो ।
सन् २००७ : चर्चित उपन्यासकार जेके रोलिङले उनको चर्चित उपन्यास शृंखला ह्यारी पोटरको अन्तिम अर्थात् सातौँ भाग आजकै दिन पूरा गरिन् ।
सन् २०११ : ३० वर्षसम्म सत्तामा रहेका होस्नी मुबारक थेग्नै नस्कने आन्दोलनपछि सन् २०११ को ११ फेब्रुअरीमा इजिप्टको राष्ट्रपतिबाट राजीनामा दिन बाध्य भए । अरब क्रान्तिको एउटा अंशको रूपमा इजिप्टमा फैलिएको आम प्रदर्शनपछि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेका थिए ।
सन् २०२० : ताइबानमा सम्पन्न निर्वाचनमा साई इङ वेन दोस्रोपटक निर्वाचित भइन् । चीनविरोधी साईको यस जितले मूलभूमिसँगको ताइबान सम्बन्ध थप तनावपूर्ण बन्यो ।