राप्रपाले भन्यो– पार्टी निर्णयको स्वामित्व हरेक तहले लिनुपर्छ, अवाञ्छित कार्यमा संलग्न नहुनू

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठकले सर्वसम्मत गरेको निर्णयबारे अनर्गल प्रचार भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार केन्द्रीय पदाधिकारी बैठकपछि विज्ञप्ति जारी गर्दै प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पार्टी हितविपरीत र अवाञ्छित गतिविधि नगर्न आग्रह गरेका छन्।

यसअघि महिला नेतृहरूले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा परिवारवाद र अवसरवाद देखिएको भन्दै सूची सच्याउन माग गरेको थियो।

विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको र देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको भन्दै राप्रपाले पार्टीले संस्थागत रूपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनुपर्ने स्पष्ट पारेको छ।

‘...निर्वाचन नजिकिँदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टीका–टिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरू पार्टीको बृहत्तर हितविपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टीपंक्तिलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार