राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भएका छन्।
कांग्रेस-एमाले गठबन्धनबाट अन्यतर्फमा उम्मेदवारी दिएका थापाको विपक्षमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्वारोध निर्वाचित भएको मुख्य निर्वाचत अधिकृत भीष्म प्रसाईंले जानकारी दिए ।
कांग्रेस-एमाले गठबन्धनकोतर्फबाट थापासँगै महिलातर्फ झापाकी रोशनी मेचे र दलिततर्फ झापाकै सोमनाथ पोर्तेलले उम्मेदवारी दिएका छन्।