सुनचाँदीको मूल्य बढ्यो

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

सुन तोलामा १३ सय रुपैयाँ बढेर प्रतितोला आज दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार भने सुनको मूल्य तोलामा दुई लाख ६९ हजार तीन सयमा कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २७० रुपैयाँ बढेर चाँदी चार हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ५६५ रुपैयाँमा कायम भएको थियो । 

सुझावित समाचार