काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग बृहत् एकताको सहमति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई चाहिएजस्तो सहमति गरेको दाबी गरेका छन्। सो समझदारीपछि उनले फेसबुकमा लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’
आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने सहमति आइतबार बिहान भएको हो। उनीहरूबिच ७ बुँदे सहमति भएको छ। जसअनुसार बालेन र उनको टिम रास्वपामै रहेर आगामी निर्वाचनमा भाग लिनेछ।