छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । चितवन, मोरङ, तनहुँलगायतका जिल्लामा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको हो।

चितवनको रत्ननगर नगरपालिका– ९, टिकौलीस्थित सडकमा बा.प्र ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार माडी नगरपालिका– १, गर्दी बस्ने २० वर्षीय तृशल महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेन्ट्रल हस्पिटल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका– ५ ककडमाडीस्थित सडकमा प्र.१–०२–००१ ख ८७७० नम्बरको टिपरले प्र.१–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार सोही गाउँपालिका– ५ बस्ने ३५ वर्षीय केशर कार्कीको छोरा १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, तनहुँको भिमाद नगरपालिका– ६ जिद्धी खोलास्थित सडकमा ग.१ त ४४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार धादिङ रोराङ गाउँपालिका– १० बस्ने ३५ वर्षीय प्रेम चेपाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा उपचारको क्रममा मृत्यु भएको हो । 

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका– ७, मुस्ताङ चोकस्थित सडकमा हाल नम्बर नखुलेको बोलेरो जिपले ग.९ प ६१८५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा स्कुटरचालक सोही महानगरपालिका– १७ हिमाली टोल बस्ने चितवन माडी नगरपालिका– ४ घर भएका १८ वर्षीय विवेक रानाभाटको मृत्यु भएको छ । 

सुझावित समाचार