नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
तोलामा ३४ सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार भने सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । १३० रुपैयाँले बढेर आज प्रतितोलामा चार हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।