अरूले पुस्तान्तरणका कुरा गर्छन्, एमालेले कामबाट देखाउँछ : ओली

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले अन्य दलले पुस्तान्तरण र नेतृत्वको हस्तान्तरणका कुरा मात्रै गरिरहँदा एमालेले कामबाट देखाएको बताएका छन्।

तेस्रोपटक पार्टी अध्यक्ष निर्वाचित भएपछिको केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘हस्तान्तरण, पुस्तान्तरणका कुरा गर्छन् अरूले, हामी कामबाट देखाउँछौँ।’

एमालेको केन्द्रीय कमिटीमा पुरानादेखि नयाँ पुस्तासम्मको भरपूर उपस्थिति रहेको बताउँदै उनले थपे, ‘यहाँ हामीभित्र यस्तो सन्तुलनकारी केन्द्रीय कमिटी छ, नयाँ पुस्ता पनि भरपूर छ। महिलाहरूको राम्रो सहभागिता छ। अनुभवीदेखि लिएर उत्साहीसम्म, पुरानो अनुभवी पुस्ता पनि यहाँ छ नयाँ उत्साही पुस्ता पनि यहाँ छ।’

सुझावित समाचार