नबिलको छैटौँ ‘प्रायोरिटी बैंकिङ लाउन्ज’ पोखरा शाखामा

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

नबिल बैंकले पोखरा शाखामा छैटौँ प्रायोरिटी बैंकिङ लाउन्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमबिच उक्त लाउन्जको उद्घाटन गरेका हुन् ।

ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरूप काठमाडौं उपत्यकाबाहिर पहिलोपटक लाउन्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागन्ज, बौद्ध र कौशलटार शाखाबाट यो सेवा प्रदान गर्दै आएको छ । 

डेपुटी सिइओ बजगाईंले भने, ‘ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौँ । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहज रूपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउनेछन् ।’ 

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंंकिङ लाउन्जको पहुँच प्राप्त गर्न सक्नेछन् । साथै, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा पनि लिन सक्ने जनाइएको छ । 

सुझावित समाचार