सन् २०१० : अघिल्लो दिन ठेला व्यापारी मोहमेद बोअजिजले आफूमाथि सरकारी अधिकारीले गरेको अपमानको विरोधमा आत्मदाह गरेको खबर फैलिएसँगै ट्युनिसियाबाट ‘अरब क्रान्ति’ उठ्यो । एकपछि अर्को अरबी देशमा फैलिएको यस क्रान्तिको लहरले अरब राज्यमा दशकौँ शासन गरेका कैयौँ शासकलाई बढार्यो ।
सन् १८६५ : अमेरिकी विदेशमन्त्री विलियम एच. सेवार्डले दासप्रथा उन्मूलन गर्ने विषय समेटिएको संविधानको १३औँ संशोधन पारित भएको औपचारिक घोषणा गरे ।
सन् १९४० : एडोल्फ हिट्लरले सेनालाई सोभियत संघविरुद्ध विशाल युद्ध अभियान ‘अप्रेसन बारबारोसा’को तयारी गर्न गोप्य निर्देशन जारी गरे । दोस्रो विश्वयुद्धको निर्णायक सो अभियान ६ महिनापछि १९४१ जुन २२ मा आक्रमण सुरु भएको थियो ।
सन् १९५७ : अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित विश्वको पहिलो आणविक विद्युत् संयन्त्र ‘सिपिङ–पोर्ट अटोमिक पावर प्लान्ट’ले निर्माण गरेको विद्युत् यसै दिन पहिलोपटक विद्युत् ग्रिडमा प्रवेश गर्यो ।
सन् १९५८ : विश्वको पहिलो सञ्चार भूउपग्रहलाई ‘प्रोजेक्ट स्कोर’ अमेरिकाको केप क्यानाभरेलबाट प्रक्षेपण गरियो ।
सन् १९७० : अमेरिकाले नेभाडा राज्यमा भूमिगत रूपमा गरिएको ‘बेनबरी आणविक परीक्षण’को विकिरण बाहिरिएपछि वरपरका सयौँ नागरिकलाई सुरक्षित स्थानमा सारियो ।
सन् २००५ : विद्रोही फौजले सुडानको सीमाक्षेत्रमा आक्रमण गरेसँगै चाडमा गृहयुद्ध सुरु भयो, जुन पाँच वर्षसम्म चलेको थियो ।
सन् २००६ : संयुक्त अरब एमिरेट (युएई)को अर्ध–विधायिकी निकाय ‘फेड्रल नेसनल काउन्सिल (एफएनसी)’को आधा सदस्य पहिलोपटक चुनावमार्फत चुनिए ।