सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला एक हजार नाै सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुन प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँ बढेको छ ।