एमाले महाधिवेशनस्थलमा कडा सुरक्षा जाँच

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । 

महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । महाधिवेशनस्थलमा सहभागी हुन आएका नेता कार्यकर्ताहरूलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ ।

गेटमा तैनाथ प्रहरीहरूले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन्। प्रहरीले प्रवेश गर्ने नेता-कार्यकर्ताहरूलाई झोला र शरीर खानतलासीसमेत गरेका छन् ।

सुझावित समाचार