बंगलादेशका प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले बिहीबार साँझ बंगलादेशको १३औँ राष्ट्रिय संसदीय निर्वाचनको पूर्ण तालिका सार्वजनिक गर्दै देशले आगामी २०२६ फेब्रुअरी १२ (२०८२ माघ २९ गते) चुनाव गर्ने घोषणा गरेका छन्।
सोही दिन जुलाई नेसनल चार्टर कार्यान्वयनसम्बन्धी जनमतसंग्रह गर्ने पनि उनले जानकारी दिए। आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि बंगलादेशमा निर्वाचन मिति घोषणा भएको हो।