घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दै छ : प्रधानमन्त्री कार्की

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छिन् ।

२२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रुत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुन आह्वान गरिन। 

सुझावित समाचार