चन्द्रागिरि केबलकार सोमबारबाट पुनः सञ्चालनमा आउँदै छ । पार्किङ क्षेत्र र अन्य सुविधाको सुधारका कारण बन्द भएको केबलकार सोमबारबाट नियमित हुने भएको हो ।
जेन–जी प्रदर्शनमा भदौ २४ गते केबलकारका संरचनामा तोडफोड भएपछि सेवा अनिश्चितकालसम्मका लागि स्थगित भएको थियो । तर, मर्मत–सम्भारपछि सञ्चालनमा आउन लागेको हो । कम्पनीको सेवा बिहान आठ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा रहनेछ । सोमबार (मंसिर १५) एक दिनका लागि केबलकार टिकटमा २५ प्रतिशत छुट सुविधाको व्यवस्थासमेत गरिएको छ ।