कोशी योजना आयोगको उपाध्यक्षमा तारा निरौला नियुक्त

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त भएका छन्। बुधबार कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विराटनगरनिवासी निरौलालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

आयोगको उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले  २० कात्तिकमा राजीनामा दिएका थिए। बुधबार मन्त्रिपरिषद् बैठकले डा. अधिकारीको राजीनामा स्वीकृत गर्दै निरौलालाई नियुक्त गरेको हो।

विराटनगर महानगरपालिकामा खाद्यविज्ञका रूपमा सरकारी सेवामा प्रवेश गरेका निरौला महानगरपालिकाबाटै अवकाश भएका थिए। सरकारी सेवाबाट अवकाशपछि उनी बैंक तथा वित्तीय क्षेत्रमा सक्रिय थिए।
 

सुझावित समाचार