अर्थ मन्त्रालयमा विदेशी लगानीकर्तालक्षित युनिट

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट सञ्चालनमा ल्याएको छ ।

प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग सम्बन्धित विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्ने काम सो युनिटबाट हुनेछ ।

‘अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत एक फोकल युनिट स्थापना गरिएको छ । विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्नेछ,’ उनले भने ।
 

सुझावित समाचार