ग्लोबल आइएमई बैंकको आठ प्रतिशत लाभांश पारित

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । बुधबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आवमा सात अर्ब २३ करोड रुपैयाँ सञ्चालन नाफा तथा पाँच अर्ब सात करोड रुपैयाँ करपछिको नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ ।

साधारणसभामा बोल्दै अध्यक्ष ढकालले सेयरधनीलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।  

सुझावित समाचार