मतदाता सूचीमा एकैदिन बुधबार ३० हजार तीन सय ७३ मतदाता थपिएका छन्। नाम दर्ताका लागि तोकिएको मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयहरूमा भिड लागेको छ।
निर्वाचन आयोगका अनुसार बुधबार एकैदिन १६ हजार एक सय २९ पुरुष र १४ हजार दुई सय ३९ महिला र पाँच अन्यले नाम दर्ता गराएका छन्। यससँगै नयाँ मतदाताको संख्या दुई लाख ३९ हजार नौ सय ४० पुगेको छ।
२१ फागुनमा सरकारले घोषणा गरेको निर्वाचनका लागि ३० कात्तिकभित्र मतदाता सूचीमा नाम दर्ता गर्नुपर्ने हुन्छ। सो अवधिभित्र नभ्याएको अवस्थामा आयोगले केही दिन थप्न सक्नेछ।