कार्कीले करिब २९ महिना प्रहरीको कमान्ड सम्हाल्ने

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीको ३३औँ महानिरीक्षकमा नियुक्त भएका दानबहादुर कार्कीले करिब २९ महिना नेपाल प्रहरीको कमान्ड सम्हाल्ने भएका छन्। अहिलेको प्रहरीको नियमावलीको अवकाश तथा पदावधिसम्बन्धी व्यवस्थाअनुसार १८ चैत २०८४ सम्म उनी महानिरीक्षक हुनेछन्। 

कार्की १८ चैत २०५४ सालमा नेपाल प्रहरीमा भर्ना भएका हुन्। प्रहरीको ३० वर्षे सेवाहद रहेकाले १८ चैत २०८४ मा उनको अनिवार्य अवकाश हुनेछ। हालका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाएपछि उनले २७ कात्तिकदेखि प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

को हुन् कार्की ? 
२०२९ सालको साउन १५ गते जन्मिएका कार्कीको स्थायी ठेगाना गुल्मीको मालिका गाउँपालिका ७ हो। २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनी २०६६ साल मंसिरमा डिएसपीमा पदोन्नति भएका थिए। २०७४ मा एसपी, २०७९ मा एसएसपी तथा २०८१ को जेठमा डिआइजी भएका उनी २०८२ को वैशाखमा एआइजीमा बढुवा भएका थिए। पछिल्लो समय उनी उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए। एआइजीको वरीयतामा पहिलो नम्बरमा रहेका कार्कीलाई नै सरकारले प्रहरीको नेतृत्व सुम्पिएको छ। 

सुझावित समाचार