जेन-जी आन्दोलनबारे झाँक्री– एमाले र सरकारविरुद्धको प्रहार

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण
जेन-जी आन्दोलनबारे झाँक्री– एमाले र सरकारविरुद्धको प्रहार

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेकपा (एमाले)मा फर्किएकी विघठित एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले जेन–जीको नाममा एमाले र एमाले नेतृत्वको सरकारमाथि प्रहार भएको टिप्पणी गरेकी छिन्।

सोमबार ‘घर फर्क अभियान’मार्फत एमालेमै समाहित हुँदै झाँक्रीले भनिन्, ‘जेन-जीको नाममा जे भइरहेको थियो र त्यसपछि जे गरिँदै थियो, त्यो नितान्त सरकारविरुद्धको प्रहार थियो कि भन्ने लाग्छ।’

आन्दोलनअघि सरकारसमक्ष कुनै मागपत्र पेस नगरिएको दाबी गर्दै झाँक्रीले आन्दोलनका नेतृत्वकर्ताहरू को थिए भन्ने विषय अनुत्तरित रहनुले पनि यसलाई पुष्टि गर्ने बताइन्।

उनले भनिन्, ‘सरकारविरुद्ध थिएन भने सरकारसँग माग पत्र कसले पेस गरेको थियो ? मागहरू के थिए ? भिजिबल आन्दोलनका आन्दोलनकर्ताहरू को थिए ? ती कुराहरू अनुत्तरित नै छन्।’

जेन-जी आन्दोलनलाई एउटा पुस्ताको सामान्य आक्रोशको रूपमा उल्लेख गर्दै झाँक्रीले भनिन्, ‘जेन-जी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो। त्यो सामान्य कुरा थियो। तर, त्यसमा रोटी सेक्नको लागि सरकारका विरुद्ध जुनजुन तत्वहरू सामेल भए, आज फर्केर हेर्दा जेन-जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभिएको छ समाजमा।’

सुझावित समाचार