निर्वाचनअघि नै महाधिवेशन सम्पन्न हुनुपर्छ : शेखर कोइराला

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर मसान्तभित्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने दोहोर्याएका छन्।

काठमाडौंमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा कोइरालाले आफूले मंसिर मसान्तभित्रै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको स्मरण गराए। 

उनले भने, ‘आउँदो आमनिर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ।’ मंसिरमा सम्भव नभए पुस मसान्तसम्मको तालिका बनाउँदासमेत निर्वाचनको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने कोइरालाले स्पष्ट पारे।

आफूले पार्टीमा गुट र फुटको अन्त्य चाहेको भन्दै कोइरालाले कोही–कसैप्रति आग्रह–पूर्वाग्रह नराखी अघि बढ्नुको विकल्प नभएको बताए। ‘नेपाली कांग्रेस अहिले एकताबद्ध, गम्भीर, जिम्मेवार, संयम भई अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने।

सुझावित समाचार