अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयविरुद्ध राष्ट्रिय खेलाडीले आन्दोलन घोषणा गरेका छन् । बिहीबार एन्फाअन्तर्गतको खेलाडी संघको अग्रसरतामा नेपालका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरुष खेलाडीहरूले बिहीबार सातदोबाटोस्थित एन्फापरिसरमा आन्दोलनकाे सुरुवात गरेका छन्।
खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनैपर्ने आह्वान गरेका छन् । आन्दोलनमा जेन–जी युवा तथा पूर्वखेलाडी र प्रशिक्षकहरूले पनि ऐक्यबद्धता जनाएका छन् । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ अहिले चितवनमा छन् भने महासचिव किरण राई हेटौँडा पुगेका छन् ।
खेलाडीको आन्दोलनमा ठुलो संख्यामा उपस्थिति हुने अनुमानमा एन्फाले सुरक्षा व्यवस्था कडा बनाएको छ । खेलाडीलाई भित्र प्रवेश गर्न दिइएको छैन । खेलाडी संघका अध्यक्ष विक्रम लामालाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएका छैनन्।