सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आज पेसी तोकिएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले दिएको जानाकारीअनुसार न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि रवि र छवि थुनामा रहेका छन्। आज उनीहरूको मुद्दाको सुनुवाइ एक नम्बर इजलासको ३ नम्बर क्रम संख्यामा रहेको छ ।