पछिल्लो वर्षाले धनकुटामा ४१ करोडभन्दा बढीको अन्नबालीमा क्षति

बुधबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

चक्रवात ‘मोन्था’को प्रभावसँगै परेको अविरल वर्षाले धनकुटामा ४१ करोडभन्दा बढीको अन्नबालीमा क्षति पुर्याएको छ ।  कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाको कारण धनकुटाको दुई हजार ५९५.६ हेक्टर क्षेत्रफलमा लगाएको १२ हजार ४१५ मेट्रिक टन धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानामगरले बताए ।

अन्नबालीमध्ये धान बालीमा मात्रै ४१ करोड ५२ लाख बढीको क्षति भएको छ । काटिसकेको धान चार हजार ५३०.२४ मेट्रिक टन, काट्न बाँकी धान सात हजार ७९३.५२ मेट्रिक टन धानमा क्षति पुगेको छ ।

त्यस्तै, कलिलो ढलेको धान ४.८ मेट्रिक टन र पाँक्न बाँकी धान ८६.४ मेट्रिक टनमा क्षति पुगेको ज्ञान केन्द्रले जनाएको छ । वर्षाले कोदो बालीमा पनि क्षति पुर्याएको छ । कोदो बाली १३..३५ हेक्टर क्षेत्रफलमा लगाएको ३०.७ मेट्रिक टनमा क्षति पुगेको ज्ञान केन्द्रका प्रमुख रानामगरले बताए ।

उक्त कोदोको मूल्य करिब १५ लाख ३५ हजार पर्दछ । यसका साथै तरकारी बालीमा पनि वर्षाले क्षति पुगेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

सुझावित समाचार