माओवादी केन्द्रमा असन्तुष्ट नेता जनार्दन शर्माले पार्टी पुनर्गठन र पुनर्संरचना गर्नुपर्ने विषय जेन–जी आन्दोलनले पुष्टि गरेको बताएका छन्। मंगलबार पत्रकार सम्मेलन गर्दै नेता शर्माले यस्तो बताएका हुन्।
आफूले लामो समयदेखि पार्टी पारदर्शी र जनताप्रति जवाफदेही बनाउन पुनर्गठनको बहस गर्दै आए पनि सफल नभएको उनको भनाइ छ। दलतन्त्र, नेतृत्व, भ्रष्टाचारलगायतको जगमा भएको जेन–जी विद्रोहले पनि पार्टी पुनर्संरचना गर्नुपर्छ भन्ने विषयलाई स्पष्ट गरिसकेको बताए।
पार्टीलाई थप भद्रगोल, विधिविहीन र सीमित व्यक्तिमा अधिकार दिने कायम भएको उल्लेख गर्दै उनले भने, ‘यो यथार्थ कुराहरूलाई रूपान्तरण गर्ने हाम्रा कोसिसहरू पार्टीभित्र सफल भएनन्।’