दोलखाको हिमपहिरोमा तीनजनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन्। गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमश्रृंखलाअन्तर्गतको यलुङ री हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरोमा परी तीनजनाको हिमाल चढ्न गएका विदेशी तथा उनीहरूका नेपाली सहयोगीहरू फसेका हुन्।
जिल्ला प्रहरीका कार्यालयका दोलखाका प्रहरी नायब उपरीक्षक(डिएसपी) ज्ञानकुमार महतोको अनुसार तीनजनाको शव भेटिएको खबर आएको छ। ‘थप चारजना बेपत्ता रहेको र अन्य पाँचजना आधार शिविरमा फर्किसकेको सूचना पाएका छौँ, उद्धारका लागि हेलिकोप्टर आएको छ, भोलि बिहानबाट उद्धारको काम सुरु हुन्छ।’
सोमबार बिहान यलुङ री हिमाल आरोहणका लागि नाँ गाउँबाट प्रस्थान गरेको थियो। पाँच हजार ६३० मिटर अग्लो यलुङ री हिमाल आरोहणका क्रममा अचानक हिमपहिरो खस्दा मानवीय क्षति भएको हो। सो स्थानमा सुरक्षाकर्मी पनि पुग्न नसक्ने भएकाले हेलिकोप्टरमार्फत उद्धारको प्रयास भएको हो।