विराटनगरमा फाफ डु प्लेसिस

शुक्रबार, १५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि विराटनगर किंग्सले विश्व क्रिकेटका महान् खेलाडी फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको छ।

उनीसँग कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रिका र विश्वप्रसिद्ध लिग आइपिएलको फ्रेन्चाइज रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसिबी)लाई नेतृत्व गरेकाे अनुभव छ।

उनी विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिङका लागि चिनिन्छन्। उनको अनुभव र नेतृत्वले विराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

सुझावित समाचार