पाल्पामा इभी भ्यान दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुधबार, १३ कार्तिक, २०८२
डिजिटल संस्करण

पाल्पामा इभी भ्यान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका– ४, पिपलभञ्ज्याङमा लु प्र ०००१ ज ००९१ नम्बरको भ्यान दुर्घटनामा परेको हो।

बुटवलबाट छहरा मेहालढापको लागि छुटेको उक्त भ्यान साढे १० बजेतिर दुर्घटनामा परेको हो। छहरा बजारबाट १० बजे मेहलढापतर्फ लागेको उक्त भ्यान दुर्घटनामा परेको जानकारी भने साढे १ बजेतिर मात्र थाहा भएको स्थानीयले बताएका छन्।

इलाका प्रहरी कार्यालय मुझुङका अनुसार दुर्घटनामा परी चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकहरूको सनाखत हुन सकेको छैन। मृतकको शव जिल्ला अस्पताल पाल्पामा ल्याइएको छ।

बुटवलबाट गएका अन्य यात्रुहरू छहरा बजारमा झारेर भ्यान मेहलढापतर्फ गएको थियो। भ्यानमा चालकसहित तीनजना मात्र रहेको र सबैको मृत्यु भएको प्रहरीले जनाएको छ। भ्यान सडकबाट करिब एक हजार मिटर तल खसेको छ।

सुझावित समाचार