प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएकी छिन्। मंगलबार बालुवाटारमा राजनीतिक दलहरूसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता दोहोर्याएकी हुन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ। यसैका निमित्त मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिएका छौँ।’