एन्फाभित्र आन्तरिक विवाद एन्फा महासचिव राई निलम्बित

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण
  • एन्फाका कार्यवाहक अध्यक्ष बनेका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईले तीन दिनभित्र स्पष्टीकरण नबुझाएको कारण देखाउँदै निलम्बन गरेका छन् 

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका छन् । अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रममा भाग लिन साउदी अरेबियामा रहँदा कार्यवाहक अध्यक्ष बनेका खड्काले तीन दिनभित्र स्पष्टीकरण नबुझाएका कारण राईलाई निलम्बन गरिएको बताएका छन् ।

‘तीन दिनभित्र स्पष्टीकरण नबुझाएका कारण महासचिव राईलाई अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको छ,’ कार्यवाहक अध्यक्ष खड्काले भने । गत २९ असोजमा कार्यवाहक अध्यक्ष पाएकै दिन खड्काले महासचिव राईलाई लिग किन गराउन नसकेको भन्दै तीनदिने स्पष्टीकरण सोधेका थिए । तर, विदेश यात्रामा रहेका राईले त्यसको कुनै जवाफ नदिएपछि खड्काले निलम्बन गरेको बताएका छन् ।

खड्काले नयाँ व्यवस्था नभएसम्मका लागि सहायक महासचिव दामोदर भट्टराई (बद्री)लाई कार्यवाहक महासचिव तोकेको पनि जनाएका छन् । भट्टराईले भने आफूले यसअघि पनि कार्यवाहक महासचिवका रूपमा काम गर्दै आइरहेको बताए । उनले संघभित्रको आन्तरिक द्वन्द्वबारे आफूलाई जानकारी नभएको बताए । महासचिव राईले साउदी अरेबिया प्रस्थान गर्नुअघि आफूलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको भट्टराईले बताए ।

२९ असोजमा स्पष्टीकरण माग
एन्फाको विधानअनुसार आफू कार्यवाहक अध्यक्ष रहेको दाबीका साथ खड्काले यस्तो निर्णय गरेका हुन् । अध्यक्षसँगै महासचिव राई पनि एएफसीको बैठकमा सहभागी हुन अहिले साउदी अरेबियामै छन् । एन्फा विधानअनुसार अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष स्वत: कार्यवाहक अध्यक्ष हुने व्यवस्था छ । ‘असोज २९ गतेको पत्रअनुसार संघको साधारणसभा र कार्यसमितिको म्यान्डेटसमेतलाई बेवास्ता गर्दै संघको विधान, विधि र पद्धतिविपरीत फुटबल खेलको विकासमा नै दीर्घकालीन असर पार्ने गरी के कति आधारमा, कसको निर्देशनमा कार्य गर्नुभएको हो भनी तीन दिनभित्र स्पष्टीकरण सोधिएकोमा तपाईंबाट हालसम्म कुनै पनि जवाफ प्राप्त नभएकाले आजको मितिदेखि लागू हुने गरी तपाईंलाई एन्फा महासचिव पदबाट अर्को कार्यसमिति बैठकसम्मका लागि निलम्बन गरिएको जानकारी गराउँदछौँ,’ एन्फा कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई बोधार्थ दिइएको पत्रमा खड्काले लेखेका छन् ।

खड्काले आफू विधानअनुसार कार्यवाहक अध्यक्ष भएका वेला विधि–विधान स्थापना गर्दै फुटबललाई सही बाटोमा फर्काउन काम थालेको बताए । ‘महासचिव राईलाई आगामी कार्यसमितिको बैठकसम्मका लागि निलम्बन गरिएको हो । फुटबल विकासको बाटोमा दीर्घकालीन असर गर्ने गरी विधि र विधानविपरीत चल्दै आएको एन्फाको पद्धति फेर्न हामीले प्रयास गर्नैपर्छ,’ खड्काले भने, ‘कार्यवाहक अध्यक्षको हैसियतले लिग नगराएकोमा उहाँसँग स्पष्टीकरण मागिएको थियो । 

See More On

सुझावित समाचार