सानिमा बैंकले तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न मर्चेन्टहरूमा क्यासब्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरूबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम दुई सय रुपैयाँसम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न गर्न सक्नेछन्।
ग्राहकहरूले पूजा स्विट्स चाट हाउस (न्युरोड, काठमाडौं), बर्फी स्विट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्विट्स एन्ड बेकरी (हेटौँडा) र आँगन स्विट्स (चिप्लेढुंगा र सिर्जनाचोक पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्नेछन् । यो योजना २०८२ कात्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ।
बैंकले यसै गरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् ।