बिपी राजमार्ग आज साँझबाट अस्थायी सञ्चालनमा आउने

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण
बिपी राजमार्ग आज साँझबाट अस्थायी सञ्चालनमा आउने

बाढीले बगाएको बिपी राजमार्गमा डाइभर्सन तयार गरिँदै । तस्बिर : संजित परियार/नयाँ पत्रिका

एक साताअघिको बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार साँझबाट अस्थायी रूपले सञ्चालनमा आउने भएको छ । भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार साँझदेखि चौकीडाँडाको अवरोध हटेको र शुक्रबार साँझदेखि नेपालथोकसम्मको अवरोध पनि हटाएर बिपी राजमार्ग सञ्चालनमा ल्याइने बताएका हन् ।

मन्त्री घिसिङले सरकारी अधिकारीसहित बिहीबार दिउँसो चौकीडाँडालगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेका थिए । बाढीले क्षतिग्रस्त बनाएको चौकीडाँडादेखि नेपालथोकसम्मका करिब चार किलोमिटर सडक तत्कालै डाइभर्सन तयार गरी अस्थायी रूपले सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । साताअघिको बाढीले भकुन्डे–नेपालथोक खण्डमा क्षति पुगेको थियो ।

सो सडकखण्डमा गत वर्षको १२ असोजमा आएको बाढीले पनि बगाएको थियो । तर, एक वर्षसम्म पनि सामान्य डाइभर्सन तयार गर्नेबोहक पुनर्निर्माणका अन्य काम हुन नसक्दा साताअघिको बाढीले पुरानै ठाउँमा क्षति गरेको हो । जसकारण सिन्धुली हँुदै काठमाडौं आउने राजमार्ग अवरुद्ध हुन पुगेको छ । 

यसैबिच सडक डिभिजन कार्यालय, खाल्टेले बिपी राजमार्गको सिन्धुलीभित्रको नेपालथोक खण्ड, बालुवा खण्ड तथा आँपघारी (देवीथान फाँट)मा अस्थायी सडक निर्माणकार्य सकिएको जानकारी गराएको छ । सो खण्डको मर्मत सकिएसँगै बर्दीबास–सिन्धुली–खुर्कोट–बर्खे खोलासम्मको सडकखण्डमा सहज रूपमा सवारी आवागमन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ ।

सुझावित समाचार