देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने व्यक्तिहरूका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ।

आयोगका अनुसार इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फारम भरेपछि जुनसुकै नजिकको निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक दिन सक्नेछन्।

‘कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि अनलाइन फारम भरी जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिनेछ।’ आयोगले जारी गरेको सूचनामा भनिएको छ।

साथै, काठमाडौं उपत्यकाभित्र रहेका जिल्ला निर्वाचन कार्यालय, काठमाडौं (मीनभवन), ललितपुर (जावलाखेल) र भक्तपुर (सल्लाघारी, सिर्जनानगर) मा समेत उक्त सेवा लिन सकिनेछ।

सुझावित समाचार