अपर्झट मन्त्री भएको हुँ, विज्ञसँग सल्लाह लिएर काम गर्छु : शिक्षामन्त्री पुन

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण
अपर्झट मन्त्री भएको हुँ, विज्ञसँग सल्लाह लिएर काम गर्छु : शिक्षामन्त्री पुन

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूको सल्लाह–सुझाव लिएर काम गर्ने बताएका छन्। शीतलनिवासमा शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग मन्त्री पुनले यस्तो बताएका हुन्।

‘यहाँ धेरै कुराहरू छन्, के–के छन् भन्ने कुरा म आफू जान्ने भएर अहिले भन्ने कुरा होइन । अब विज्ञहरूसँग सल्लाह–सुझाव माग्छु। सुझाव दिन त राम्रो पनि आउलान्, नराम्रो पनि आउलान्, राम्रो मान्छेको राम्रो सुझाव लिएर त्यसलाई सकेसम्म छिटोछरितो कार्यान्वयन गर्ने काम हुन्छ,’ उनले भने।

विज्ञान, प्रविधि, नवप्रवर्तन र अनुसन्धान आफ्नो प्राथमिकतामा भएको प्रस्ट पार्दै मन्त्री पुनले शिक्षासम्बन्धी विषयमा भने सल्लाह–सुझाव लिएर निर्णय गर्ने बताए।

मन्त्री पुनले आगामी योजनाबारे सोधिएको प्रश्नमा भने आफू अपर्झट मन्त्री भएकाले तत्काल यो गर्छु भन्ने यकिन नभएको बताए। उनले भने, ‘म शिवजी अथवा भगवान् भइदिएको भए त्रिनेत्र लगाएर यसो–यसो गर्छु भन्ने थिएँ। अपर्झट यहाँ आएर मन्त्री भइएको छ, अहिले नै यो यो गर्छु भन्ने प्लान छैन।’

सुझावित समाचार