प्रहरी भवन बनाउन महालक्ष्मीको सहयोग

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्गको भवन पुनर्निर्माण तथा मर्मत–सम्भारका लागि महालक्ष्मी विकास बैंकले आर्थिक सहयोग गरेको छ ।

उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकाले तत्कालका लागि कार्यालय भवन मर्मत–सम्भार तथा अन्य सिभिल कार्य गर्न आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । बैंकले यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मत–सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मत–सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास लिएको छ ।

साथै, बैंकका सम्पूर्ण सेवा पूर्ण रूपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवा सुरक्षित रूपमा सञ्चालन भइरहेको समेत बैंकले बताएको छ । हाल महालक्ष्मी विकास बैंकको लेकसाइड शाखाबाहेक एक सय दुई शाखा कार्यालय सञ्चालनमा छन् ।

सुझावित समाचार