माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण


काठमाडौं/ माछापुच्छ्रे  बैंक लिमिटेडको २८औँं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०८२/८३ को खुद मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, तीन प्रतिशत नगद र तीन प्रतिशत बोनस सेयर छ । 

त्यसैगरी, सभाले बैंकको संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ भने सर्वसाधारण सेयरधनीका तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ ।

बुधबार नै बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई अध्यक्ष पदमा आगामी चार वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ । सभाले बैंकको गत आवको वार्षिक प्रतिवेदन पारित पनि गरेको छ । 

बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयरसहित चुक्तापुँजी १५ अर्ब ४५ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी १६.१७ रुपैयाँ कायम रहेको थियो । 

सुझावित समाचार