नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार भने सुन दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ४० रुपैयाँले बढेर तोलामा दुई हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।