शिक्षकले विद्यालय पोसाकमा टिकटक र भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्न नपाइने

मंगलबार, ३१ भदौ, २०८२
डिजिटल संस्करण

शिक्षा विकास तथा समन्वय एकाइ रामेछापले जिल्लाका आठवटै स्थानीय तहमा कार्यरत शिक्षकहरूलाई विद्यालय पोसाक लगाएर टिकटक र अन्य भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । 

एकाइ कार्यालयले सोमबार एक सूचना जारी गर्दै शिक्षकहरूले विद्यालय पोसाकमा भिडियो बनाएर पोस्ट गर्दा बालमनोविज्ञानमा प्रत्यक्ष असर पर्ने भएकाले यो निर्णय गरेको हो ।

शिक्षकले पोसाक लगाएर बनाएको टिकटक र अन्य कुनै पनि भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न शिक्षा मन्त्रालयले जिल्लामा पत्राचार गरेसँगै यस कार्यालयबाट जिल्लाका आठवटै स्थानीय तहलाई पत्राचार गरिएको शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका एकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए । 

See More On

सुझावित समाचार