सुनको मूल्य तोलाको दुई लाख १५ हजार नाघ्यो

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बिहीबार सुन तोलामा दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी ६० रुपैयाँले बढेर  तोलामा दुई हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा दुई हजार ५०५ मा कायम भएको थियो । 

सुझावित समाचार