भोटेकोशीले बगाएर युवक बेपत्ता

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका– ८ दुलालेश्वर मन्दिरनजिक भोटेकोशीले बगाएर एक युवक बेपत्ता भएका छन् ।

भुम्लु गाउँपालिका– १, रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय  काभ्रेका अनुसार आज बिहान करिब सवा ११ बजे दर्जीलाई बगाएको हो ।

भोटेकोशीले युवक बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायव निरीक्षक सुनकाजी तामाङको कमान्डमा चारजनाको टोली खटिएर खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार