सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सोमबार, २७ साउन, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । हिजो आइतबार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ ।  

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँ कारोबारमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

सुझावित समाचार